बीआरआई परियोजना कार्यान्वयनमा लैजान विदेशमन्त्री वाङलाई प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यी बीचको भेटवार्तामा दुवै पक्ष बीआरआई  लगायतका परियोजना कार्यान्वयनमा लैजाने विषयमा सकारात्मक छलफल भएको छ । चिनियाँ विदेशमन्त्री यी र माओवादी नेताहरुको भेटवार्तामा सहभागी नेता शक्ति बस्नेतले दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धका बारेमा चर्चा भएको बताए । ‘सुरुमा हाम्रोतर्फबाट दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा भयो,बीआरआई  लगायतका परियोजना अघि बढाउनेबार

सम्बन्धित सामग्री

बीआरआई कार्यान्वयनका लागि छिट्टै योजना बनाइँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा आधारित परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एक साता लामो चीन भ्रमणमा बीआरआईका परियोजनाबारे उपलब्धिमूलक छलफल नभए पनि प्रधानमन्त्री दाहालले आइतवार काठमाडौंमा चिनियाँ राजदूत छन सोङ लगायतको उपस्थितिमा भएको कार्यक्रममा परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेपाल–चीन फ्रेण्डसिप फोरमले गरेको ‘बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपालले बीआरआईबाट लाभान्वित हुन चाहेको बताउनुभयो । ‘अब छिट्टै कार्ययोजना बनाएर परियोजना अगाडि बढाइनेछ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीले यस्तो बताए पनि बीआरआई अन्तर्गत कार्यान्वयन गरिने परियोजनाको अहिलेसम्म टुंगो लागिसकेको छैन । प्रधानमन्त्री दाहालका अनुसार नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम सरकारले गर्नेछ । ‘विगत १० वर्षमा बीआरआईमार्फत एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्त्याउन सकेन,’ उहाँले भन्नुभयो, ‘अब बीआरआई मनोकामनाको सूची मात्र हुने छैन । बीआरआई सम्बन्धी कार्यान्वयनयोग्य परियोजना छनोट गरी अघि बढाउनेछौं । यो नेपाल सरकारको स्पष्ट धारणा हो ।’ विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पूँजीको खाँचो प्रधानमन्त्री दाहालले औंल्याउनुभयो । त्यसका लागि बीआरआई महङ्खवपूर्ण स्रोत हुन सक्ने विश्वास उहाँको छ । बीआरआई परियोजना अघि बढाउन ढिलाइ भएको उहाँले स्वीकार गर्नुभयो । ‘यसमा कोभिड महामारी, सरकारी प्रणाली र संरचनागत सीमा समेत जिम्मेवार छन्,’ उहाँले भन्नुभयो, ‘नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ ।’ अब परियोजनामा लगानीको मोडेलबारे मसिनो गरी छलफल गरिने उहाँले बताउनुभयो । चीनलाई पनि लगानी सम्बन्धी नीतिमा पुनर्विचार गर्न प्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो । ‘कतिपय परियोजनाका सन्दर्भमा चीनले अनुदान र सहायताको नीति लिने विश्वास छ, नेपाल बीआरआईबाट पूरा लाभान्वित हुन चाहन्छ, हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ,’ उहाँले भन्नुभयो, ‘परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुन सक्ने परिस्थिति छैन ।’ विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पूँजीको खाँचो प्रधानमन्त्री दाहालले औंल्याउनुभयो । त्यसका लागि बीआरआई महत्त्वपूर्ण स्रोत हुन सक्ने विश्वास उहाँको छ । सन् २०१७ को मे १२ मा नेपालले बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म यसका लक्षित परियोजना अघि बढ्न सकेका छैनन् । यो सम्झौतामा नेपालले हस्ताक्षर गर्दा पेचिङमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गरेका थिए । त्यसयता यो सम्झौता सधैं चर्चामा छ । तर लामो समय बितिसक्दा पनि देखिनेगरी प्रगति भएको छैन ।  यस बीचमा चीनका राष्ट्रपति सि चिन फिङ लगायत दर्जनौं चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण गरिसकेका छन् । नेपालबाट पनि राष्ट्रपतिस्तरीय तथा प्रधानमन्त्री र मन्त्रीस्तरीय भ्रमण भएका छन् । दुवै तर्फबाट हुने हरेक भ्रमणमा बीआरआई परियोजनाको विषय उठ्ने गर्छ । तर सम्झौताबारे नेपालमा औपचारिक मञ्चहरूमा बुँदागत बहस आजसम्म भएको छैन । बीआरआईको संशोधित प्रस्तावनामा सडक सञ्जालका साथै पक्ष राष्ट्रको माग अनुसारका पूर्वाधारको विकास निर्माण र अन्य क्षेत्रलाई समेटेर अघि बढ्ने उल्लेख छ ।

सरकारले बीआरआई परियोजना तीब्रताका साथ अघि बढाउनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उहाँले अब सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने बताउनुभयो । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड […]

नेपालमा बीआरआईको भविष्य के ?

चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्त्वकाङ्क्षी आर्थिक एवं रणनीतिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को सफलतामाथि अब प्रश्न उठ्न थालेको छ। जुन उद्देश्यले बीआरआई परियोजना अघि सारिएको थियो। त्यसको असामयिक अन्त्य हुने सम्भावना बढ्दै गएको छ। एकातिर श्रीलड्ढा र पाकिस्तानले समयमै चिनियाँ ऋण चुक्ता गर्न आफूहरू असमर्थ रहेकोले यसमाथि पुनर्विचार गर्न आग्रह गरेको छ भने […]

चिनियाँ नेतासँग दाहालको आग्रह - ‘चीनले अनुदानमा प्रसंशनीय आयोजना देओस्’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चीनले नेपाललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अन्तर्गत अनुदानमा एउटा प्रसंशनीय आयोजना दिएर राम्रो सन्देश दिनुपर्ने बताएका छन् ।

चिनियाँ नेतासँग दाहालको आग्रह - ‘चीनले अनुदानमा प्रसंशनीय आयोजना देओस्’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चीनले नेपाललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अन्तर्गत अनुदानमा एउटा प्रसंशनीय आयोजना दिएर राम्रो सन्देश दिनुपर्ने बताएका छन् ।

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : महँगो चिनियाँ ऋणबारे गहन छलफल

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला महँगो चिनियाँ ऋणबारे गहन छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे विशेष चासो राख्दै नेपाल गरीब भएकाले महँगो ऋण लिन नसक्ने र यसमा सहजीकरण गरिदिन विदेशमन्त्री वाङलाई आग्रह गर्नुभएको छ । बालुवाटार उच्च स्रोतका अनुसार भेटमा प्रधानमन्त्री देउवाले बहुचर्चित चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढाउन नेपालले चाहेको बताउनुभयो । उहाँले बीआरआईमा चीनले अनुदान दिए मात्रै नेपालले लिने तर अहिलेकै अवस्थामा ऋण लिन नसक्ने विदेशमन्त्रीलाई स्पष्ट पारेको प्रधानमन्त्री सचिवालय स्रोतले बतायो । अर्थ मन्त्रालय स्रोतले पनि वाङको नेपाल भ्रमणका बेला बीआरआई अन्तर्गतका परियोजनामा आउने लगानीको मोडालिटी प्रस्ट नभएकै कारण तत्काल सम्झौता नगरिएको बतायो । बीआरआई परियोजनामा चीनले दिने सहयोगको मोडालिटी टुंग्याएर मात्रै कार्यान्वयन सम्झौता अघि बढाउने निचोड साथ अर्थले तत्काल सम्झौता गर्न नचाहेको अर्थका एकजना उच्च अधिकारीले बताए । ‘मुलुकको अर्थतन्त्र बिग्रँदै गएको छ । बीआरआईमा ऋण नै लिनुपर्ने बाध्यता रहेछ । चिनियाँ ऋण महँगो भएकाले मुलुकले ठूलो भार थेक्न सक्दैन । त्यसैले कार्यान्वयन सम्झौता हुन सकेन,’ ती अधिकारीले भने । चीनले अघि बढाएको बीआरआई अवधारणा अन्तर्गत यसअघि निर्माण गर्ने भनिएका ९ परियोजनाबारे परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा केही उल्लेख छैन । बीआरआई परियोजना अन्तर्गत चीनले अधिकांश देशमा लगानी गरेको ऋण नै हो । ऋण तिर्न नसक्दा श्रीलंका, कजाखस्तान जस्ता देशहरू अप्ठेरोमा परेकाले नेपाल सरकार झस्किएको हो । विदेशमन्त्री वाङको भ्रमणका बेला भएका सम्झौताबारे परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बीआरआई फ्रेमवर्कको नामसमेत उल्लेख गरिएको छैन । नेपाल सन् २०१७ मा चीनले अघि बढाएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरी त्यसको सदस्य बनेको थियो । त्यसयता बीआरआई अन्तर्गत एउटा पनि सम्झौता कार्यान्वयन भएको छैन । चीनले वाङको भ्रमणका बेला दुई देशबीच बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्न ताकेता गर्दै आएको थियो । शनिवार परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा चिनियाँ विदेशमन्त्रीले बीआरआई कार्यान्वयन योजना सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भए दुवै देशले लाभ लिने बताएका थिए । सन् २०१७ मेमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा सहकार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त हस्ताक्षरको झण्डै पाँच वर्षपछि पनि बीआरआई अन्तर्गतका विकास परियोजना कार्यान्वयनमा आउन सकेका छैनन् । चीनसँग बीआरआईमा सहकार्य गर्नेसम्बन्धी छाता समझदारीमा हस्ताक्षर भएपछि नेपालमा चारओटा सरकार बने । तर, बीआरआई अन्तर्गतका परियोजना अघि बढाउन चीनसँग ठोस वार्ता आजसम्म हुन सकेको थिएन । साढे तीन वर्षसम्म केपी ओली नेतृत्वको सरकार रह्यो । उक्त सरकारले परराष्ट्र सचिव र अर्थ सचिवको नेतृत्वमा दुई समिति गठन गरी चीनसँग प्रस्ताव गर्न सकिने परियोजना छनोटको जिम्मा दियो । तर, छानिएका परियोजना कार्यान्वयनका सवालमा चीनसँग वार्ता गर्न खासै चासो दिएन । सन् २०१७ मा बीआरआईमा आबद्ध भएको नेपालले ३५ ओटा परियोजनाको सूची चीन पठाएको थियो । पछि चीनकै आग्रहमा नेपालले ३५ बाट झारेर नौ ओटा मात्र अघि बढाउने निर्णय लियो । त्यसबेला पहिचान गरिएका नौ परियोजनामा केरुङ–काठमाडौं रेलमार्ग, रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथांका–हिले सडक, गल्छी–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन, तमोर जलविद्युत् आयोजना, मदन भण्डारी प्राविधिक शिक्षालय, फुकोट कर्णाली जलविद्युत् परियोजना, दिपायलदेखि चिनियाँ सीमासम्म सडक र टोखा–विदुर सडक निर्माण थिए । नौ महीनाअघि देउवा नेतृत्वको सरकार बनेयता बीआरआई अन्तर्गतका परियोजनाबारे चिनियाँ पक्षसँग कुनै छलफल नभएको परराष्ट्रका अधिकारी बताउँछन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीआरआईबारे दुई देशबीच केही गृहकार्य गर्न बाँकी देखिएकाले तत्काल कार्यान्वयन सम्झौता हुन नसकेको बताइन् । अब दुई देशको सरकारी संयन्त्रमा औपचारिक हिसाबले छलफल गरेर टुंगोमा पुगिने उनले जानकारी दिइन् । बीआरआई कार्यान्वयनमा शीर्ष नेताहरूको जोड बीआरआई कार्यान्वयनमा शीर्ष नेताहरूले जोड दिएका छन् । नेकपा (एमाले)ले बेल्ट एन्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजना अगाडि बढाउन चीनलाई आग्रह गरेको छ । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकोे शिष्टाचार भेटमा सो आग्रह गरिएको एमाले नेता राजन भट्टराईले बताए । तातोपानी र रसुवागढी नाका नियमित सञ्चालन गर्न एमालेले वाङलाई आग्रह गरेको छ । उक्त आग्रहलाई वाङले सकारात्मक रूपमा लिँदै नेपालको विकास र समृद्धिमा सहयोग गर्न चीन तयार रहेको बताएको भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार बीआरआई लगायत परियोजनासँग जोडिएका विषय अघि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारले सहयोग गर्ने विदेशमन्त्री वाङको भनाइ छ । उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेका छन् । आइतवार नक्सालस्थित मेरियट होटलमा भएको भेटमा प्रचण्डले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन आग्रह गरे । भेटबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतले भने, ‘बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन हामीले आग्रह गरेका छौं ।’ अध्यक्ष दाहालले नेपालको बढ्दो व्यापार घाटा सहजीकरण र सन्तुलनमा चीनको भूमिकाबारे कुरा राखेको पनि बस्नेतले जानकारी दिए । नेपालले मुलुकको दीर्घकालीन हितबारे लिने निर्णयको आफूहरूले सम्मान गर्ने वाङले बताएका थिए । वाङ आइतवार स्वदेश फर्किसकेका छन् । शुक्रवार नेपाल आएका उनले शनिवार बिहानदेखि औपचारिक भेटघाट शुरू गरेका थिए । शनिवार बिहान नेपाली समकक्षी डा. नारायण खड्कासँग उनले भेटघाट गरेका थिए । शनिवार बिहान साढे ६ बजे नै उनी शिवपुरीमा हाइकिङ गए । परराष्ट्रमन्त्री खड्का र वाङको उपस्थितिमा शनिवारै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौ बुँदे समझदारी भएको थियो । विदेशमन्त्री वाङले शनिवार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

बीआरआई कार्यान्वयनमा लैजान प्रचण्डको आग्रह

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यी बीचलाई बीआरआई परियोजना कार्यान्वयनमा लैजान आग्रह गरेका छन्। आइतबार नक्सालस्थित मेरियट होटलमा भएको भेटमा प्रचण्डले सो आग्रह गरेका हुन्।