गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो । तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ । सम्झौता गरिएको कम्पनी लापरवाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो ।असारभित्र प्लान्ट निर्माण गर्ने गरी हेल्थ केयर सप्लायर्स, काठमाडौँ र अस्पतालबीच सम्झौता भएको थियो । प्लान्ट स्थापनाको काम सुरु हुन नसकेको जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा वसन्तराज जोशीले बताउनुभयो । प्लान्ट स्थापना गर्न सङ्घीय सरकारबाट रु एक करोड ५० लाख र सुदूरपश्