ठमेल क्षेत्रमा पर्यटकको चहलपहल, 'पर्यटन उद्योगमा पलायो केही आशा' : व्यवसायी

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । अहिले काठमाडौंको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ ।            ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन्।  विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन्।  ‘ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ’, उनी भन्छन् । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा १ हजारभन्दा बढी होटल रहेका छन् ।            ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पङ्गेनी पर्यटन मौसम शुरु भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको सङ्ख्या बढेको बताउँछन्। अङ्ग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महीनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ । काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९२ ओटा कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन् ।            सोही होटलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउँछन् । ‘एक महीना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्’, उनी भन्छन्। अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।            ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन् । शुक्रवार र शनिवार भने ठमेलमा थप चहलपहल हुँदै आएको छ । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् ।            ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आएका द सर्ट स्टेशन रेष्टुराँ एन्ड बारका सञ्चालक धर्मराज पनेरु रातिको समयमा ठमेलमा मनोरञ्जन गर्न आउने विदेशी पाहुनाको सङ्ख्या बढेको बताउँछन्। ‘पछिल्लो १५ दिनदेखि रात्रिकालीन व्यवसाय क्रमशः राम्रो हुँदै गएको छ, यसले हामी व्यवसायीमा खुसी छाएको छ’, उनी भन्छन् । ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार २५५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फ्रेबुअरीमा १९ हजार ७६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महीनामा ९ हजार १४६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।  पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहवर्द्धक रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् । फ्रेबुअरीमा भारतबाट १८ हजार ४०१ जना पर्यटक आए । अमेरिकाबाट ७ हजार ८८७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै थाइल्यान्डबाट ४ हजार ८०२ जना, दक्षिण कोरियाबाट ३ हजार २४६जना, अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलङ्काबाट २ हजार ११७ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल भित्रिएका छन् ।            पछिल्लो तथ्याङ्कले महामारीपछि फ्रेबुअरीमा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष ६ लाख १४ हजार १४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने १ लाख ५० हजार ९६२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस

सम्बन्धित सामग्री

वसन्त ऋतु सुरु हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको सुरुआतसँगै […]

घलेगाउँमा बढ्यो पर्यटकको चहलपहल

समुद्री सतहबाट २१ सय मिटर उचाइमा रहेको सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँमा पर्यटकको चहलपहल बढेको छ । घलेगाउँमा अहिले दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक आउन थालेको घलेगाउँ पर्यटन व्यवस्थापन...

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु

तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ। असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन्।...

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

दमौली- तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा सञ्चालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी रानाले बताए । “कोभिड–१९ को सङ्क्रमणका कारण लामो समय […]

होटलको सुविधाले पुनहिलमा पर्यटकको चहलपहल

म्याग्दी-पछिल्लो समय पर्यटकको रोजाइमा रहेको अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीपछि गर्मियाम सुरु भएपछि देश तथा विदेशका पर्यटक आउन थालेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए ।“वसन्त ऋतुको सुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ” उनले भने । केही […]

तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्यो

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा पुजापाठ र घुम्न आउने दर्शनार्थीको संख्यामा वृद्धि भएपछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने आँधीमूलमा धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा दर्शन गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले मन्दिरमा पुजा […]

पोखरामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं, कात्तिक १२ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । कोरोनाका कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको छ । अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ«े र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएको पर्यटन व्यवसायी सोम थापा बताउँछन् । पोखरा […]

पोखरामा आन्तरिक पर्यटकको चहलपहल

पोखरा – पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो। अहिले पोखराको मौसम पनि निकै खुलेको छ। माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन्। विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र […]

मनाङमा आन्तरिक पर्यटकको चहलपहल

हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका कारण बन्द रहेका पदमार्गका होटल सञ्चालनमा आएसँगै मनाङ पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि आएको हो।  महामारीले धरासायी...

अन्नपूर्ण पदमार्गमा देखिन थाल्यो पर्यटकको चहलपहल

लमजुङ- कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेका हुन् । बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन […]