इक्वेडरमा बस दुर्घटना : १८ को मृत्यु, २५ जना घाइते

एजेन्सी- इक्वेडरमा बस दुर्घटनामा कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

इक्वेडरमा बस दुर्घटना हुँदा १८ को मृत्यु, २५ घाइते

२७ मङ्सिर : इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । सो दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् । शनिबार राति […]