म्याग्दीमा निको हुँदै जटिल समस्या भएका सङ्क्रमित

म्याग्दी। बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढ्दो छ। एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको संख्या बिस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ। चारदिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार पाँचजना डिस्चार्ज भएका थिए। अस्पतालका अनुसार हाइफ्लो दिइरहेका एक जनाको स्वास्थ्यावस्था गम्भीर भएपनि बाँकीको अवस्था सामान्य छ।रासस

सम्बन्धित सामग्री

म्याग्दीका दुई जना कोरोना जितेर घर फर्किए

म्याग्दी ‍– म्याग्दीमा दुई जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । भारतबाट फर्किएर बेनीको आइसोलेशनमा रहेकाे बेला कोरोना सङ्क्रमणको पुष्टि भएका दुई जना शनिबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका ४० वर्षीय पुरुष र बराङ्जाका १९ वर्षीय ...

१३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण, सङ्क्रमित १० पुगे

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।