काठमाडौँ— कांग्रेसभित्र उठेको नेतृत्व परिवर्तनको हुटहुटीलाई केवल एक दिवास्वप्न बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एकपटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन्। उनले सभापतिका अर्का प्रत्यासी शेखर कोइरालालाई पराजित गरेका हुन्। पहिलो चरणको मतदानमा देउवाले ५० प्रतिशत मत पुर्याउन नसकेपछि कोइरालासँग उनको दोस्रो चरणमा प्रतिष्पर्धा भएको हो। दोस्रो चरणमा २७३३ मत ल्याएर देउवा विजयी भएका हुन्। उनका […]