काठमाडौँ – अमिन पाण्डेय वागमती प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्। प्रदेश सभाको प्रत्यक्षतर्फ काँग्रेसबाट काठमाडौं–८ (ख) पाण्डेयको नाम सिफारिस भएको हो। लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका पाण्डे कानुन व्यवसायीसमेत हुन्। उनी सामाजिक तथा सांगितिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।