तनहुँमा विकास बजेट खर्च न्युन, सात महिनाको अवधिमा १७ प्रतिशत मात्रै

तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ । साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगततर्फ संघीय सरकारमार्फत रु तीन अर्ब ७५ करोड ८२ लाख ७६ हजार आठ सय २९ विनियोजन भएकामा रु ६३ करोड ८८ लाख ६१ हजार चार सय ९२ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार चालुतर्फ रु आठ अर्ब ७६ करोड ३६ लाख १७ हजार ६१ विनियोजन भएकामा रु चार अर्ब ७७ करोड ४६ लाख ६८ हजार चार सय ८२ खर्च भएको छ । यो ५४.४८ प्रतिशत हो । प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पुँजीगततर्फ २१.६४ प्रतिशत बजेट खर्च भएको छ । माघ मसान्तसम्ममा संघ भन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका कोष नियन्त्रक भट्टराईले बताए । पुँजीगततर्फ रु दुई अर्ब ६२ करोड ५५ लाख १३ हजार विनियोजन भएकामा रु ५६ करोड ८२ हजार ४८ लाख  हजार दुई सय ६६ खर्च भएको उनले बताए । त्यस्तै, चालुतर्फ रु ८३ करोड ६४ लाख ८९ हजार चार सय विनियोजन भएकामा रु २६ करोड ६६ लाख दुई हजार ४७ अर्थात  ३१.८७ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि शुरूको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम शुरू गर्न तीन महिना लगाउने र कामको गति नबढाउनेलगायत कारणले विकास बजेटको खर्च न्यून देखिएको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सात महिनामा संघ र प्रदेशको गरी १८ दशमलव ९१ प्रतिशत विकास अर्थात पुँजीगत बजेट खर्च भएको छ । पुँजीगत बजेट रु छ अर्ब ३८ करोड ३७ लाख ८९ हजार आठ सय २९ मा रु एक अर्ब २० करोड ७१ लाख नौ हजार सात सय ५९ खर्च भएको छ । यस्तै, चालुतर्फ ५२ दशमलव ५१ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु नौ अर्ब ६० करोड एक लाख छ हजार चार सय ६४ खर्च भएको कोष नियन्त्रण कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा संघ सरकारतर्फ रु छ अर्ब ६२ करोड ७६ लाख ६२ हजार एक सय ८८ राजस्व संकलन भएको छ भने प्रदेशतर्फ रु १४ करोड ५२ लाख ३८ हजार पाँच सय ८८ राजस्व संकलन भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

असारमा मात्रै एक चौथाइ विकास बजेट खर्च

तनहुँमा एक महिनामा करिब एक चौथाइ विकास बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को असार महिनामा मात्रै संघ र प्रदेश सरकारबाट पुँजीगततर्फ विनियोजित बजेटमध्ये २२ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । असार महिनामा मात्रै पुँजीगततर्फ एक अर्ब ४० करोड २४ लाख बजेट खर्च भएको […]

४५ प्रतिशत मात्रै विकास बजेट खर्च

घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ४४.९९ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । ११ महिनाको अवधीमा आधा पनि विकास बजेट खर्च हुन नक्दा विकासका कार्यहरु अलपत्र अवस्थामा रहेका छन् । समयमा नै विकास निर्माणका कार्यहरु सम्पन्न नहुँदा नगरवासीहरु सास्ती भोग्न बाध्य छन् । आर्थिक वर्ष सकिन लाग्दा समेत आधापनि […]

राजस्व असुली घटेसँगै विकास बजेट खर्च न्यून

सरकारी राजस्वले खर्च धान्न नसकिरहेका बेला बाँकेमा विनियोजित विकास बजेट खर्च पनि ज्याँदै न्यून भएको छ । आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी रहँदा जिल्लामा संघतर्फ ४५ प्रतिशत र प्रदेशतर्फ ३८ प्रतिशतमात्र विकास बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९/०८० को वैशाखसम्म जिल्लाका सरकारी कार्यालयले संघअन्तर्गत ६ […]

बाँकेमा विकास बजेट खर्च न्यून

चालू आर्थिक वर्षको आठ महिनामा बाँकेमा विकास बजेट खर्च न्यून भएको छ । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका लागि संघ र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये लक्ष्यको तुलनामा करिब साढे २७ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ । कुल आठ अर्ब ९७ करोड २० लाख ७७ हजार बजेटमध्ये दोस्रो चौमासिकसम्म दुई अर्ब ४६ करोड १४ लाख […]

विकास बजेट खर्च कमजोर : संघको ७.४८ र प्रदेशतर्फ १९ प्रतिशत खर्च

म्याग्दीमा विकास बजेट खर्च न्यून भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साढे सात महिनामा संघ सरकार विकास बजेट खर्च ७.४८ प्रतिशत र प्रदेश सरकारतर्फ कार्यालयको विकास बजेट खर्च १८.९३ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका कोष नियन्त्रक रामभक्त रानाभाटका अनुसार चालू आवको साढे […]

बैतडीमा विकास बजेट खर्च न्यून

बैतडीमा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा यहाँ प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र संघीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट रु दुई अर्ब ४६ करोड ९७ लाखमध्ये चालु आवको अहिलेसम्म […]

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कुल विकास बजेट पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो ।उक्त अवधिमा जिल्लामा तीन अर्ब १२ करोड ६१ लाख नौ हजार आठ सय ३५ […]

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२० साउन । तनहुँमा आर्थिक वर्ष २०७८÷७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष सङ्घ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा जिल्लामा रु तीन अर्ब १२ करोड ६१ […]

७१ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२ असार । जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा कूल ७१दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु एक अर्ब २१ करोड ५९ लाख १६ हजार […]

दाङमा ६ महिनामा १४ प्रतिशत मात्र विकास बजेट खर्च

दाङमा चालू आर्थिक वर्ष ०७८-०७९ को ६ महिनामा १४ प्रतिशितमात्र विकास बजेट खर्च भएको छ । बितेको ६ महिनाको जिल्लामा विकास लक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको हो ।