रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं।रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।विप्लव समूहले महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने घोषणा गरेको छ।चितवनमा हालसम्म ४११ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा संक्रमण पुष्टि भएको छ र शुक्रवारबाट दिवाकर घले यू–२० फुटबल टोलीको म्यानेजर पदमा नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।

रवि लामिछानेले दिए दल दर्ताका लागि आवेदन

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको छ। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्। लामिछानेले दलको चुनाव चिन्ह घण्टा प्रस्ताव गरेका छन्। दल दर्ताका लागि आवेदन दिएपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि […]