सहरमा आजदेखि चार नयाँ नाटक

काठमाडौं । नाट्यप्रेमीलाई खुसीको खबर । शुक्रबारदेखि नेपाली नाटकघरमा चार नयाँ नाटकको मञ्चन सुरु हुँदैछ । मण्डला नाटकघरमा ‘२४ मा १२’ नाटक मञ्चन सुरु हुँदैछ । संगीत सापकोटा निर्देशित यो नाटकलाई उमेश सुनामले लेखेका हुन् । भदौ १७ गतेदेखि मञ्चन हुने यो नाटक सोमबार बाहेक असोज ९ गतेसम्म चल्नेछ । गन्धर्व थिएटर गैरापाटन पोखरामा ‘हिउँको […]

सम्बन्धित सामग्री

नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन

गण्डकी – फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ। यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आज दिउँसो १ बजे, आइतबार र सोमबार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए। उनका अनुसार हालसम्म बुकिङ शोमार्फत १४ पटक […]

आजदेखि राष्ट्रिय बाल नाटक मेला

काठमाडौं । राष्ट्रिय बाल नाटक मेला– २०८० आजदेखि सुरु हुने भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला आजदेखि यही फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो । मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने […]

मण्डलामा मञ्चन हुँदै ‘मासिन्या’ नाटक

काठमाडौं : यहाँको थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि नाटक ‘मासिन्या’ मञ्चन  हुने भएको छ। माघ २८ सम्म मञ्चन हुने नाटक कविहरु राजु स्याङतान, लक्ष्मी रुम्बा र रामबहादुर तामाङ ‘राबत’ले लेखेका हुन्।निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ,सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारहरुको अभिनय रहेको छ।नाटक ‘मासिन्या’आज माघ ११ गतेदेखि माघ २८ गतेसम्म मण्डल

आजदेखि कौशीमा ‘साथी, साथी आइदेउन!’ मञ्चन हुँदै

काठमाडौं : टेकुस्थित कौसी थिएटरमा आजदेखि नाटक ‘साथी, साथी आइदेउन !’ मञ्चन हुने भएको छ। आजदेखि सुरु हुने नाटक माघ १५ गतेसम्म चल्नेछ। मानसिक स्वास्थ्यमाथि बनेको नाटकमा रंगकर्मी आशान्त शर्माको लेखन तथा निर्देशन रहेको छ। एक युवतीको मानसिक मनोदशाको पाटोलाई नाटकमा समेटिएको छ। वर्तमान समयमा बढ्दो मानसिक समस्यालाई ख्यालमा राखेर यो…

आजदेखि मण्डलामा ‘चोरको स्वर’

नाटक ‘चोरको स्वर’ को मञ्चन आजबाट हुने भएको छ । मण्डला थिएटरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुने मण्डला थियटरले जनाएको छ । नाटकको शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो समेत हुनेछ ।आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक लिम्बू समुदायमा हुने भागी विवाहको बिषयमा आधारित छ । जवान लिम्बू केटाले केटी भगाएपछि केटा पक्षबाट तपाइँको छोरी चेली हाम्रो साथमा छ, हाम्रो छोरा–भतिजले माया गरेर, खुसीसाथ राखेको छ भनेर जानकारी दिने परम्परालाई ‘चोरको स्वर’ भनिन्छ । ना

जलवायु परिवर्तन र प्रदूषण बारेको नाटक ‘एस्फिक्सिया’ आजदेखि शिल्पी थिएटरमा

नृत्य नाटक ‘एस्फिक्सिया’ आज शुक्रबारदेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदैछ। बेल्जियमका मेरियन ल्याम्बर्ट र ट्याटियाना रोसिग्ननद्वारा निर्देशित यस नाटकले जलवायु परिवर्तन र प्रदूषणका बारेमा जनचेतना जगाउने कोसिस गरेको छ। ‘१५ जना...

पोखरामा आजदेखि मञ्चन हुँदैछ 'शिरीषको फूल'

काठमाडौं: नाटक 'शिरीषको फूल' आजबाट पोखरामा मञ्चन हुन भएको छ। साहित्यकार पारिजातको उपन्यास 'शिरीषको फूल' मा आधारित यो नाटक आजदेखि पोखरा थिएटर (गन्धर्व नाटक घर) मा देखाइनेछ। पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्चको प्रस्तुति रहेको नाटक चैत्र २७ गतेसम्म देखाइनेछ। चारदिनमा पाँचवटा शोहरू राखिएको यस नाटकका परिकल्पनाकार केदार श्रेष्ठले जानकारी…

कौशी थिएटरमा आजदेखि ‘एनिमल फार्म’ मञ्चन हुँदै

काठमाडौँ – टेकुको कौशी थिएटरमा मंगलबारदेखि नाटक ‘एनिमल फार्म’ मञ्चन हुँदैछ। यो नाटक अमेरिकी लेखक जर्ज अरवेलले सन् १९४५ मा प्रकाशन गरेको व्यंग्यात्मक उपन्यासको नेपाली रुपान्तरण हो। नाटक नेपालमा कोरोना भाइरस महामारी आउनुभन्दा अगाडि नै मञ्चनको लागि तयार अवस्थामा थियो तर दुई साताको रिहर्सलपछि लकडाउन र निषेधाज्ञाको कारण नाटक मञ्चन हुन सकेन। नाटकलाई १६ जना […]

धारावाहिक नाटक ‘रोपेगुना फल’ को दोस्रो सिजन प्रसारण आजदेखि

काठमाण्डाै - धारावाहिक नाटक ‘रोपेगुना फल’को दोस्रो सिजन प्रसारण आजदेखि सुरु भएको छ । एन्टेना फाउन्डेशन नेपालले तयार पारेको नाटक उज्यालो रेडियोसँगै देशभरका विभिन्न रेडियो स्टेसनबाट एकसाथ प्रसारण हुन थालेको हो । अभिभावक शिक्षा, बालविवाह र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा आधारित नाटक ‘रोपेगुना फल’को अवधि १५ मिनेटको रहेको छ । नाटक हाम्रो पात्रो मोबाइल एप, सामाजिक सञ्जाल फेसबुक, युट्युब र एन्टेना फाउण्डेशन नेपालको वेबसाइटमासमेत सुन्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको मोबाइल...

सुलक्षणको 'म' आजदेखि मञ्चमा

काठमाडौं : सुलक्षण भारतीको लेखन तथा निर्देशनमा नाटक 'म' आजदेखि मञ्चन हुँदैछ। पुरानो घरको प्रस्तुति रहेको नाटक आजदेखि सिनामंगलस्थित पुरानो घरको आफ्नै नाटकघरमा मञ्चन हुन लागेको हो। नाटकमा सुलक्षणकै एकल अभिनय छ। 'म' पुरानो घरको आफ्नै नाटकघरमा मञ्चन हुन लागेको पहिलो नाटक हो।सुलक्षणको लेखन तथा निर्देशनमा यसअघि 'तीनकुने', 'सलेदो', 'लाटीको छोरो', 'बोक्सीको घर' लगायत नाटक प्रदर्शन भइसकेका छन्। 'म' असोज २० गतेसम्म दैनिक साँझ सवा