खोलामा फोहोर फाल्ने कम्पनीलाई रु.२५,००० जरिवाना

हिजो सामाजिक सञ्जालमा डोजरले धोबीखोलामा फोहोर फालिरहेको भिडियो चर्चामा आएपछि काठमाडौं महानगरले सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना तिराएको छ । मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । […]