सप्तरी – सप्तरी निर्वाचन अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीतका प्रचारप्रसार सामग्री हटाएको छ । राजनीतिक दल र उम्मेदवारका तुल, ब्यानरसहितका प्रचारप्रसार सामग्री आज बुधवार हटाइएको हाे ।
सप्तरी क्षेत्र नम्बर २ राजविराजमा आचारसंहिता विपरीत नगरक्षेत्र नै कुरुप हुने गरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेले जानकारी दिनुभयाे । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेत...