एमालेको १० औं राष्ट्रिय महाधिवेशनले चितवनमा राजनीतिक पर्वर् ल्याएको छ । जताततै राता झन्डा, ब्यानर र बोर्डले सिँगारिएको छ । सडक, बजार र नारायणी किनार महाधिवेशनमय भएको छ । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ सुरु हुने महाधिवेशनले मुख्य गरी २ सय २५ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।