धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको बजेट खर्चेर पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेको छ।सरकारी खर्चमा पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेपछि प्रदेश सांसदहरुले विरोध गर्न थालेका छन्। प्रदेश सरकारले नेकपा एमाले पार्टीलाई फुटाएर नयाँ पार्टी सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सांसदहरुले विरोध गरेका हुन्।प्रदेशका नौ वटै जिल्लामा नयाँ पार्टीका कार्यालयहरु स्थापना गर्न प्रदेश सरकारले राज्य कोषको अवैध दोहन गर्दै बजेट विनियोजन गरेको खुलासा भौतिक पूर्वाधार विकासमन्