साढे ३ महिनादेखि संसद्को उही दृश्य– सभामुखले बैठक शुरू गर्न नपाउँदै वेलमा एमालेको नाराबाजी

प्रतिनिधि सभाको मंगलवारको बैठकमा पनि एमालेले अवरोध जारी राखेको छ । पार्टीका तर्फबाट १४ सांसदलाई गरिएको कारवाही अनुसारको सूचना सभामुखले प्रकाशित नगरेको विरोधमा एमालेले भदौ २३ गतेदेखि संसदमा नाराबाजी गर्दै आएको छ । एमालेले माधव नेपालसहित पार्टीका तत्कालीन १४ सांसदलाई कारवाही गरेको थियो । तर, सभामुखले तत्काल सूचना प्रकाशित नगरी केही दिन ढिलाइ गरेपछि एमाले औपचारिक रूपमा विभाजित भयो अनि सभामुखले त्यही कारण देखाउँदै सूचना प्रकाशित गर्नु नपर्ने निर्णय गरे । त्यसैको विरोधमा एमालेले संसदमा अवरोध गर्दै आएक...

सम्बन्धित सामग्री

५९ दिनपछि प्रतिनिधि सभा बैठक, एमालेको नाराबाजी

झण्डै २ महिनाको अन्तरालमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ । बुधवार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसदहरू वेलमा आएर नाराबाजी शुरु गरेका हुन् । माधव नेपाल लगायत पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न मागगर्दै एमालेले भदौ २३ गतेदेखि प्रतिनिधि सभामा लगातार अवरोध गर्दै आइरहेको छ ।

प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजी र अवरोध

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले विरोध गरेका छन् ।आफ्नो पार्टीको मुद्दा सम्बोधन नभएसम्म बैठक अवरूद्ध गर्ने एमाले संसदीय दलको बैठकले निर्णय गरेको थियो । आजको बैठक शुरू भएलगत्तै एमालेले सदनमा अवरोध गरेको हो । संसदीय मर्यदा कायम गर, गैरसांसदलाई सदन प्रवेश निषेध गर लगायतका नारा लगाउँदै एमाले सांसदहरूले बैठक […]

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको नाराबाजी

लुम्बिनी प्रदेश सभाको बिहीवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । ढिलागरी शुरू भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका २ सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको दोहोर्‍याएका थिए ।  सांसद विमला वली र अजय शाहीलाई कारवाही नहुँदासम्म बैठक चल्न नदिने एमाले अडान यथावत छ ।  बैठकमा प्रदेशसभा सदस्यले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू–संरक्षणमन्त्री सु...

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमालेको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।  सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका थिए । एमालेको नाराबाजीपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।  बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।