नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारत उतराखण्डको देहरादुनमा सुरु भएको छ।
नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो । महोत्सवमा उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले एक समारोहका बीच उद्घाटन गरे ।