कर्णाली प्रदेशको आन्तरिक आम्दानी चार वर्षमा साढे ८० करोडमात्रै !

‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा तय गरेर अघि बढेको कर्णाली प्रदेश सरकारले चार वर्षमा ८० करोड रुपैयाँमात्र आन्तरिक आम्दानी गरेको छ ।यो अवधिमा प्रदेशको आयस्रोतमा खासै वृद्धि हुन सकेन । अनुमानित खर्च व्यहोर्ने आन्तरिक स्रोत न्यून हुँदाहुँदै प्रदेश सरकारले अनुदानकै भरमा वार्षिक बजेट ल्याउने गरेको छ । आफ्नै आयस्रोत बढाउने अथाह सम्भावना हुँदा पनि आयस्रोतको आकार परिर्वतन हुन नसकेको जानकारहरु बताउँछन् ।प्रदेश सरकारले पहिलो आर्थिक वर्षमा आयस्रोत नै जुटाउन सकेन भने त्यसपछिका दुई आर्

सम्बन्धित सामग्री

कर्णालीको आम्दानी लक्ष्यभन्दा ६ करोड कम

कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्यभन्दा झण्डै ६ करोड ३४ लाख रुपैयाँ कम आम्दानी गरेको छ । ७१ करोड २९ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले वार्षिक आम्दानी ६४ करोड ९५ लाख रुपैयाँ गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो । खर्च बेहोर्ने स्रोतमा उक्त लक्ष्यलाई […]

कर्णाली प्रदेशको आम्दानी लक्ष्यभन्दा ६ करोड कम

सुर्खेत : कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्य भन्दा झण्डै ६ करोड ३४ लाख कम आम्दानी गरेको छ। ७१ करोड २९ लाख ७४ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले ६४ करोड ९५ लाख ५ हजार १९२ रुपैयाँ वार्षिक आम्दानी गरेको हो।आर्थिक वर्ष ०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो। खर्च व्यहोर्ने स्रोतमा उक्त लक्ष्यलाई नै आधार मानेर अनुदानकै भरमा ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याइएको थियो। तर, प्रदेश सरकारले लक्ष्यभन्दा ६ करोड ३४ लाख ६५ हजार ८०८ रुपैयाँ

पाँच वर्षमा डेढ अर्ब राजस्व, बढाउन समिति

कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी वृद्धिका लागि अध्ययन समिति गठन गरिएको छ । नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले पदभार सम्हालेपछि पहिलो निर्णयका रुपमा प्रदेशको आन्तरिक आयका नयाँ क्षेत्रहरु पहिनाच गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा गठिन उक्त समितिमा ९ सदस्य रहेका छन् […]

कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी न्यून

कर्णाली प्रदेश सरकारको पछिल्ला पाँच आर्थिक वर्षमा आन्तरिक आम्दानी न्यून देखिएको छ । पाँच आर्थिक वर्षका जम्मा १ अर्ब ४२ करोड ३३ लाख ९५ हजार मात्रै आर्थिक आम्दानी गरेको हो । तर प्रदेश सरकारसँग आन्तरिक आम्दानी बढाउने कुनै योजना छैन ।आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश सरकारले आयस्रोत नै जुटाउन सकेन । आर्थिक वर्ष २०७५/०७६ मा […]

कर्णाली प्रदेश : कहिले बन्ला आत्मनिर्भर ?

एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सभाको दशौं अधिवेशनको सातौं बैठकमा ‘कर्णालीको आन्तरिक आम्दानी एउटा व्यक्तिको खर्चका लागि पनि पुग्दैन, एउटा सामान्य कार्यालय सञ्चालन गर्न पनि पुग्दैन’ भनेर टिप्पणी गरे । आफ्नो आम्दानीको हिस्सालाई प्रदेश सरकारको दस्तावेजमा प्राथमिकता नदिइएको, संघीय सरकारले दिएको अनुदानमा प्रदेश संरचना चलाउने गरेको भन्दै उनले आलोचना गरे ।प्रमुख प्रतिपक्षी दलका नेता कँडेलले आगामी वर्षको बजेटको उद्देश्य र सिद्धान्तमाथिको छलफलका क्रममा यस्तो भनाइ राखेका थिए । उनल

कर्णालीको आन्तरिक आम्दानी एउटा व्यक्तिको खर्चका लागि पुग्दैन : यामलाल कँडेल

प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानीले कुनै एउटा व्यक्तिको खर्चका लागि समेत नपुग्ने तर्क गरेका छन् । उनले कर्णाली मगन्ते प्रदेश भइरहेको संज्ञा दिँदै आन्तरिक आम्दानीले एउटा सामान्य कार्यालय वा एउटा व्यक्तिको खर्चका लागि नपुग्ने बताएका हुन् ।सोमबार प्रदेशसभाको दशौं अधिवेशनको सातौं बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम र बजेटका उद्देश्य र सिद्धान्तमाथिको छलफल कार्यक्रममा उनले भने, ‘आफ्नो आम्दानीको हिस्सा सरकारको दस्तावेजमा प्राथम

आन्तरिक आम्दानी चौसट्ठी करोड

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ६४ करोड ९५ लाख रुपियाँ आन्तरिक आम्दानी गरेको छ। तथापि सो आम्दानी आर्थिक वर्षको लक्ष्यभन्दा कम हो। प्रदेश सरकारले आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरेको थियो। ७१ करोड २९ लाख ७४ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य थियो। तर, लक्ष्यभन्दा छ करोड ३४ लाख ६५ हजार कम आम्दानी भएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार सरकारको वार्षिक आम्दानी ६४ करोड ९५ लाख रुपियाँ आम्दानी भएको छ। यो आम्दानी आव २०७८/७९ भन्दा तीन करोडले बढी देखिन्छ। उक्त आवमा सरकारले ६१ करोड ५८ लाख ७८ हजार आन्तरिक आम्दानी गरेको थियो।

बजेट तयारीमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यव्रmम र बजेटको तयारीमा जुटेको छ। जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने र असारअघि नै बजेट ल्याउनुपर्ने व्यवस्था छ। विगतका वर्षभन्दा यो वर्ष बजेट कम हुने सङ्केत देखिएको छ। चालु आव २०७९/८० का लागि कर्णालीमा ३२ अर्ब ३१ करोड ६१ लाख बराबरको बजेट ल्याइएको थियो। लक्ष्यअनुसारको राजस्व दर नबढेपछि सङ्घीय सरकारबाटै कम मात्रै बजेट सिलिङ पठाइएको छ। प्रदेश सरकारको आन्तरिक आम्दानी निकै न्यून छ। त्यसैले पनि कर्णालीको बजेट यस वर्ष कम हुने देखिन्छ।

कर्णाली प्रदेशमा गत वर्ष ५ अर्ब मात्र राजस्व संकलन

जुम्ला-कर्णाली प्रदेशमा आर्थिक आम्दानीका स्रोत प्रयाप्त हुँदा पनि आन्तरिक आम्दानीमा कमजोर देखिएको छ । यहाँको जल, जमिन, जडिबुटी, कृषि उत्पादन, खानीजन्य क्षेत्र, तथा उद्योग कलकारखानादेखि व्यापार व्यवसायको प्रर्वद्धन तथा लगानी नहुँदा आन्तरिक आम्दानी र राजस्व संकलनमा कर्णाली प्रदेश कमजोर देखिने गरेको हो ।आम्दानी र राजस्वको स्रोत कम हुँदा कर्णालीले केन्द्र सरकार र दाताहरुको अनुदानको भरमा […]