काठमाडौं : सरकारले प्राकृतिक विपत्तिको पूर्व तयारी भएको दाबी गरे पनि गत १७ दिनमा विपत्तिबाट देशभर २० जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोमा परी बेपत्ता भएका २८ जनाको अवस्था अज्ञात छ भने बाढी‚ पहिरो र चट्याङमा परी २६ जना घाइते भएका छन्।मनसुन सुरु भएको एक महिना नबित्दै ६ सय परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्काले जानकारी दिए। थाहा खबरसँग कुरा गर्दै उनले प्राकृतिक विपत्तिका घटनाले ६ करोड ७ लाख रुपैयाँभन्दा बढीको आर्थिक