बारा : खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ।क्षेत्र नं. १ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउदै निलम्बन गरेको हो। समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ।निर्वाचनमा अन्तर्घात गरेको उजुरीकै आधारमा अनुशासन समितिका