फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता

नयाँदिल्ली- नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सो आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद र...

सम्बन्धित सामग्री

फुकोट कर्णाली जलविद्युत् निर्माणपूर्वका काम धमाधम

फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका काम सञ्चालन भइरहेको छ । कालीकोटमा निर्माण हुने ४८० मेगावाटको आयोजना निर्माणपूर्वका विभिन्न चरणका काम भइरहेका छन् । विद्युत् उत्पादन कम्पनी र एनएचपिसी इन्डिया लिमिटेड कम्पनीको संयुक्त लगानीमा आयोजना निर्माण हुने छ । आयोजना निर्माणका लागि पूर्वतयारी धमाधम भइरहेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आयोजना प्रमुख डम्मर उप्रेतीका अनुसार मुआब्जा वितरणको ९५ प्रतिशत काम सकिएको छ । हालसम्म एक हजार तीन सय रोपनी जग्गा अधिग्रहण भइसकेको छ । जग्गा अधिग्रहणमा ५५ करोड रुपियाँ खर्च भइसकेको र अब न्यून रकम वितरण गर्न बाँकी छ ।

फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई

कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।...

फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई

कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।...

फुकोट कर्णालीमा एनएचपीसीको साझेदारी खोजिँदै

सरकारले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा भारतीय लगानी भित्र्याउने तयारी गरेको छ । नेपाल सरकारले भारत सरकारको स्वामित्वको विद्युत् उत्पादन कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लगानी गर्न आग्रह गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले भारत सरकारको स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई फुकोट कर्णालीमा सहलगानी गर्न आग्रह गरिएको बताउनुभभयो । उहाँले नेपाली कम्पनीसँग लगानीका लागि समझदारीपत्र (एमओयू)को मस्यौदा तयार भइरहेको बताउनुभयो ।

लगानी पर्खंदै फुकोट कर्णाली

सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेड फुकोट कर्णाली जलविद्युत् आयोजनामा लगानी जुटाउने अभियानमा लागेको छ । ४८० मेगावाट क्षमताको अर्धजलाशययुक्त उक्त आयोजनाको सम्भाव्यता अध्ययनलगायत काम सकिएपछि कम्पनी लगानी जुटाउने तयारीमा लागेको हो ।