काठमाडौं । इन्सेकले छिटफुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लंघनका घटना बाहेक शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको जनाएको छ ।निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका आफ्ना २३४ जना पर्यवेक्षकले ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेको जनाउँदै इन्सेकले विगतका निर्वाचनजस्तै यस निर्वाचनमा पनि अपाङ्गता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नु परेको जनाएको छ । मतदान केन्द्रहरू अपाङ्गतामैत्री नभएको, बाँकेको राँझास्थित आदर्श माविमा अपाङ्गता भएका मतदा