हेटौंडा : बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १० जिल्लाका प्रहरी कार्यालयलाई सवारी साधन हस्तान्तरण गरेको छ।मन्त्रालयले जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई सवारीसाधन प्रदान गरेको हो। शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयले १२ थान भ्यान र १६ थान मोटरसाइकल प्रदान गरेको छ।कार्यक्रममा आन्तरिक मामिला मन्त्री केशवराज पाण्डेले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त लामालाई र मातहतका जिल्लाका प