बडिमालिका दर्शन गर्न गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु

कालिकोट । कर्णाली तथा सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय बडिमालिका मन्दिरको दर्शनका लागि गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । कालीकोट जिल्ला पलाता गाउँपालिका– १ का धनप्रसाद न्यौपानेको ११ भदौमा सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो भने मंगलबार राति ८ बजे बाजुराको त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको […] The post बडिमालिका दर्शन गर्न गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दसैँमा सर्लाहीबाट लमजुङ घुम्न गएका बुद्धिमान र शर्मिला उतै अस्ताए

सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ ।

लमजुङको मेमे पोखरी घुम्न गएका श्रीमानको मृत्यु, श्रीमती सम्पर्कविहीन

लमजुङ : पर्यटकीय मेमे पोखरी घुम्न गएका एकजनाको मृत्यु भएको छ। एक महिला सम्पर्कविहीन भएकी छिन्। लेक लागेर सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए।मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र उनकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन भएको उनले जानकारी दिए। बाँकी तीनजना भेडीगोठमा बसिरहेका र मौसममा आएको  खराबीका उनीहरूको  उद्धार हुन नसकेको श्रीमलले बताए

मेमे पोखरी घुम्न गएका एक जनाको मृत्यु, एक बेपत्ता

लमजुङ – नेपालीको महान् पर्व दसैँमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको र अर्को एक महिला सम्पर्कविहिन भएकी छन् । सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङअर्थात् दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए। मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर […]

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एकजना रुसी नागरिकको मृत्यु भएको छ ।  राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो । उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक रुसी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो । उनको […]

तिलिचो ताल घुम्न गएका रामेछापका युवकको लेक लागेर मृत्यु

लमजुङ – हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ। रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो। लेक लागेर […]

तिलिचो घुम्न गएका २३ वर्षीय युवाको लेक लागेर मृत्यु

मनाङको तिलिचो ताल घुम्न गएका युवाको लेक लागेर मृत्यु भएको छ ।  रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने वर्ष २३ का प्रवीण थापाको  बिहीबार लेक लागेर मृत्यु...

मेरापिकमा पर्यटकसँग गएका भरियाको मृत्यु

सोलुखुम्बु– मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको मृत्यु भएको बताइएको छ । पर्यटकको भरियाका रूपमा गएको बुझिए पनि कुन कम्पनीबाट गएको […]

यार्सा टिप्न गएका एकको मृत्यु

जीवनबुटी मानिने बहुमूल्य जडिबुटी यार्सा गुम्बा टिप्न डोल्पा पाटन गएका जुम्ली एक युवाको मृत्यु भएको छ । जुम्ला गोठीचौर गाउँपालिका–७ ग्रज्याङ्कोट निवासी १७ वर्षीय युवा सुमन रावलको डोल्पाको एक पाटनमा लेक लागेर मृत्यु भएको हो ।जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने यार्सा पाटनमा यार्सा सिजन खुल्नु अगावै संकलन लागि गएका रावलको लेक लागेर बिरामी […]

पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु

ताप्लेजुङ / प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृत्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई... The post पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु appeared first on Purbeli News.