नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको छ । बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदल सदस्यहरूमा रचना खड्का, गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुंगेल र विष्णु रिजाल रहेका छन् । कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा अवस्था के