आइतबारदेखि शुरु हुने राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरुसँग भेटवार्ता गरेका थिए, केही सन्देशसहित । दोस्रो तहका नेताहरुलाई राखेर प्रचण्डले माओवादीको विगत, अहिलेको राष्ट्रिय राजनीति र भावी योजना समेत सुनाउन भ्याए ।
माओवादीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, नेतृत्व चयनमा लोकतान्त्रिक अभ्यास हुन नसकेको भनेर भइरहेका टिकाटिप्पणीप्रति खण्डन गर्दै प्रचण्डले आफूहरुको राष्ट्रिय सम्मेलन एमाले र कांग्रेसको भन्दा उन्नत भएको दावी गर्न पछि परेनन् । &...