अवैध नदी दोहन गर्ने थप दुई ट्याक्टर नियन्त्रणमा

रातिको समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उदयपुर प्रहरीले थप दुई ट्याक्टर नियन्त्रण गरेको छ । बुधबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ को ठाडी र त्रियुगा ३ को लुहाले खोलामा अवैध रुपमा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रहरीकै संरक्षणमा सर्लाहीको लखन्देही खोलाको दोहन

सर्लाही : असारदेखि भदौ ३ महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि लखन्देही खोलामा प्रहरीकै मिलेमतोमा फेरि नदी दोहन भैरहेको छ।सरकारी बन्देजको बेवास्ता गर्दै लालबन्दी र हरिवन नगरपालिकाको सिमाना भएर बग्ने लखन्देही खोलाबाट तस्कर र प्रहरीकै साँठगाँठमा नदीजन्य पदार्थको दोहन भैरहेको स्थानीयले बताएका छन्। दिउँसो केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको जस्तो देखिए पनि राति भने प्रहरीले तस्करसँग प्रति ट्याक्टर ५ सय रूपैयाँको दरले लिने गरेको एक ट्याक्टर व्यवसायीले नै बताए।पूर्व