काठमाण्डाै – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताउनुभएको छ ।
सुरक्षित आप्रवासन परियोजना (सामी) तेस्रो चरणको प्रगति समीक्षा तथा भावी कार्ययोजनाबारे पोखरामा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीको विषय साझा सरोकारको विषय भएकाले संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै जाने बताउनुभयो ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट प्राप्त विप्...