काठमाडौँ। साविक पुरानो बसपार्क आसपास क्षेत्रमा थुपारिएका निर्माण सामग्री हटाइएको छ। सर्वसाधारणको आवतजावतमा बाधा हुने गरी सामग्री राखेर हिलो बनाएपछि निर्माण पक्षलाई १० हजार रुपैयाँ जरिवाना तिराएर सामग्री हटाउन लगाइएको हो।
यता वडा नं. १२ टेकुबाट लगनतर्फ प्रबेश गर्ने भित्री सडकमा निर्माण सामग्री थुपारे राख्ने प्रवृत्तिमा कमी आएको छ।