ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले सडक किनारमा राखिएको निर्माण सामग्री र पार्किङ हटाउन आग्रह गरेको छ ।
ग्वार्को–लामाटार सडक खण्डको मूल सडक तथा अन्य सहायक सडकमा अनधिकृत रूपमा निर्माण सामग्री राखेको तथा पार्किङ गरेको गुनासो आइरहेको भन्दै नगरपालिकाले सूचना निकालेर पार्किङ र निर्माण सामग्री हटाउन आग्रह गरेको हो ।
नगरपालिकाको आग्रहलाई बेवास्ता गरेमा पार्किङ गरेका सवारी साधन र निर्माण सामग्री हटाउने र त्यसबापतको खर्च सम्बन्धित धनीबाटै भराउने नगरपालिकाले चेतावनी दिएको छ । महालक्ष्मी नगरपालिकामा प...