नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेले चाहेको वर्तमान सरकारलाई जतिसुकै बेला ढाल्न सक्ने दावी गरेका छन् ।
पाँच दलीय गठबन्धन सरकारलाई पौडेलले तास र बालुवाको घरको संज्ञा दिए ।
एमाले तिलोत्तमाको नगर अधिवेशनमा मंगलवार बोल्दै नेता पौडेलले भने, ‘एमालेले चाहेमा जतिसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौं । तर, हाम्रो चाहना अहिले सरकार होइन । पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित छ ।’
आफूहरु सिंहदरबारब...