इलाम : नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सय दिनको अवधिमै असफल भइसकेको बताएका छन्।उनले देउवा सरकार परमादेशको सरकार भएको बताउँदै ८८ दिनमा सरकारलाई पूर्णता दिए पनि विस्तारित मन्त्रिपरिषद् ३ दिनसम्म पनि नटिकेको आरोप लगाए।एमालेको प्रथम माई नगर अधिवेशन उद्घाटन गर्दै भूमि आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना खारेज गरेर देउवा सरकारले जनविरोधी काम गरेको आरोप नेम्बाङले लगाए।उनले वर्तमान सरकार जनादेशबाट नआएको