विश्व बैंकको ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरूप अमेरिकी ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले राष्ट्र ऋण उठाउने पाँचौँ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सम्बन्धित सामग्री

१ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने करिब एक अर्ब २० करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

१ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने करिब एक अर्ब २० करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने

काठमाडौं । सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ । […] The post मन्त्रिपरिषद्को निर्णय करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जापानबाट ३६ कराेड ६२ लाख रुपैयाँ अनुदान लिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (३६ करोड ६२ लाख रुपैयाँ बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै आज बिहीवार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले यो जानकारी दिनुभएको हो ।  त्यस्तै बैठकले नेपाल सरकार र बेलायत सरकारको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।  सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा ...

दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।  ती मन्त्रीकाअनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध  गराउन लागेको हो ।  “आजको बैठकले अमेरिकाले उपलब्ध गराउने भनेको २ अर्ब रुपैयाँ...

एडीबीले दिने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ ।

एडिबीको १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ ।  मन्त्रिपरिषद्को आजको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारको...