नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) युरोपको प्रतिष्ठित चलचित्र महोत्सवमा अवार्ड जित्न सफल भएको छ ।
स्लोभाकियाको पोपरोडमा आयोजित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अनरेवल मेन्सन अवार्ड जितेको हो । पोपराडमा आइतबार राति आयोजित अवार्ड समारोहमा निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेले अवार्ड ग्रहण गरे।
अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्...