सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । के हो सापकोटा विरुद्धको […]

सम्बन्धित सामग्री

पाँच महिनापछि संवैधानिक इजलास, ६ मुद्दाको पेशी

काठमाडौं : सर्वोच्च अदालतमा पाँच महिनापछि आज संवैधानिक इजलास गठन भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो। इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। इजलासमा ६ वटा मुद्दा पेशी चढेको छ। संवैधानिक इजलास भने गोला प्रक्रियाबिनै गठन भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सहकर्मी न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन सुरु गरेपछि गत अ

संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। सर्वोच्चले शुक्रबार न्यायाधीशद्वय  मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेकोमा मुद्दा हेर्न नभ्याइनेमा राखेको...

प्रधानन्यायाधीशले भने : त्यो मुद्दा संवैधानिक इजलासमा लैजान कठिन छ

१३ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन हुन सक्ने वा नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाट निरुपण गर्न कठिनाइ भएको बताएका छन् । संवैधानिक कानून व्यवसायी मञ्चका नवनियुक्त पदाधिकारीसँगको भेटमा उनले हाल संयुक्त इजलासमा विचाराधीन रहेको अधिवक्ता गणेश रेग्मीले दिएको रिट संवैधानिक इजलासमा पठाउन कठिन भएको बताएका हुन् । यो मुद्दामा यसअघि […]

संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो ।इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् ।जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्याय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् । प्रधान न्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेको मध्येका वरिष्ठ हुन् ।आफूमाथि प्रश्न उठेपनि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन । न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अस्वस

संवैधानिक इजलास छाड्न न्यायाधीश केसी र श्रेष्ठले गरे अस्वीकार

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका छन् । मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका हुन् । मंगलबार नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत […]

संवैधानिक इजलास गठनमै किचलो : दुई न्यायाधीशलाई हट्न दबाब

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलास गठनमै पुगेर अल्झिएको छ । आइतबार रिट निवेदक तर्फका कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउँदै इजलास छाड्न दबाब दिएपछि रिटमाथिको बहस विषयमा प्रवेश नगरी प्राविधिक विषयतर्फ मोडिएको छ ।रिट निवेदकतर्फका कानुन व्यवसायीको तर्क छ, ‘०७७ फागुन २३ मा बमकुमार श्रेष्ठले नेकपा फुटाउने फैसला गरेका थिए, त्यो मुद्दासँग विघटनको मुद्दाको साइनो जोडिएको छ ।’बमकुमार श्रेष्ठ र कुमार रेग्मील