भक्तपुर– बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ । मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए। […]