पर्वत : कालीगण्डकी नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय पर्वतले नदी आसपासमा २४ सै घण्टा प्रहरी तैनाथ गरेको छ।पर्वतमा कालीगण्डकी दोहनको विषय गम्भीर समस्याका रूपमा रहेको त्यो गैरकानुनी कार्य भएकाले अवैध उत्खननमा प्रयोग भएका सामग्रीहरू नियन्त्रणमा लिनुका साथै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।‘कालीगण्डकी नदी हामी सबैको साझा प्राकृतिक सम्पत्ति हो। प्रहरीको काम भनेको कानुन अनुसार नभएका कामलाई कारबाह