नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि पार्टीको नीति, कार्यक्रम र संरचना सार्वजनिक गरेको छ । गत जेठ ५ र ६ गते बसेको स्थायी समिति बैठकमा भएको छलफल र निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रचण्डले जारी गरेको १५ बुँदे कार्यक्रममा सर्वदलीय र सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने आवश्यक्ता औंल्याउंदै पार्टीको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानीय तहसम्म कोभिड स्वास्थ्य इकाइ गठन गर्ने र जनतालाई सुसूचित गर्ने उल्लेख छ । केन्द