चित्रकार रामकुमार भौकाजीको ७१ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि प्रोस्टेट अर्बुद (क्यान्सर) रोगबाट ग्रसित भौकाजीको बिहीबार बिहान ५:३० बजे बानेश्वरस्थित निवासमा निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताए । प्रतिष्ठानले बिहीबार शोक वक्तव्य जारी गर्दै भौकाजीको निधनप्रति दु:ख व्यक्त गरेको छ ।