काठमाडौँ – चित्रकार डा. रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ। प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवंगत भएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए। रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गरेका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा […]