रुसी राजधानी मस्कोको रेड स्क्वायरमा आफ्नो विजय दिवसको भाषणमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताएका छन्। उनले रुसले सही समयमा यो निर्णय गरेको बताए । पुटिनले यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भनेका छन् । रुसी लडाकुहरूलाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताए। दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रुसले गरेको विजयको सम्झनामा रुसमा विजय दिवस परेड मनाइन्छ। पुटिनले गत वर्षदेखि अन्य युरोपेली देशहरू र न