नेकपा एमाले धनुषाको जिल्ला कमिटीको बैठक स्थगित गरिएको जनाइएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म धनुषा एमालेको बैठक स्थगित गरिएको अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।धनुषाको पालिका तथा वडा अधिवेशन पूर्णरुपमा सम्पन्न नभएको भन्दै अध्यक्ष यादवले बैठक स्थगित गरिएको स्पष्ट पारे । उनले बैठकबाट जिल्ला अधिवेशनको मिति तोक्ने भएकाले तत्काल अधिवेशन हुन बाकी रहेका पालिका तथा वडामा अधिवेशन सम्पन्न गर्ने बताए । त्यसपछि जिल्ला अधिवेशनको तयारीका लागि जिल्ला बैठकको मिति तोकिने