जनकपुरधाम – जनमत पार्टीको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले माफी नमागेसम्म प्रदेशसभा सञ्चालन हुन नदिने जनमतको अडानपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको जनाएको छ। मंगलबार प्रदेशसभा बैठक सुरू भएसँगै जनमतका […]