चीनले दिने खाेप लिन निगमको वाइडबडी साेमबार बेइजिङ जाने
नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने तयारीमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डाेज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खाेप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज (बिहीबार) राती ११ बजे बेइजिङ उड्ने भएको छ । सरकारले चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप लिन निगमले जहाज पठाउने निर्णय गरेको निगमका अपरेसन प्रमुख वरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो ।
चीनबाट नेपालले खरिद गरेको ४० लाख भेराेसेल खाेपकाे थप खेप आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ३३० शुक्रबार १ः३० बजे काठमाडौं अवतरण भएसँगै २५ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।