बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख प्रहरी नियन्त्रणमा

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी प्रहरी नियन्त्रणमा रहेका छन्।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। यही असार २० गते पानी माग्ने निहुँमा नेगीले महिलाको बलात्कार गरेको आरोप लागेको हो।आरोप लागेपछि नेगी आज आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। नियन्त्रणमा रहेका नेगीमाथि थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशी