काठमाडौं, फागुन १७ । २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ । तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ । […]