आगामी बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता पुग्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा आगामी बैशाख २९ गतेसम्म कट अफ डेट निर्धारण गरेको भन्दै उक्त संख्यामा मतदाता पुग्ने आयोगले अनुमान गरेको बताएका हुन् ।‘आसन्न स्थानीय तह सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गते अर्थात स्थानीय तहका सदस्यको निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति (Cut off date) निर्धारण गरेको छ