युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । गएराति भएको पछिल्लो घटनामा परेर कम्तीमा २१ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको ज्यान गएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमण भएको भवनमा झण्डै एकसय जना बस्दै आएका थिए । भवन ...