काठमाडौं– पूर्वी युक्रेनको क्रामातोस्र्क शहरमा रुसी फौजले क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । युक्रेनको राज्य सञ्चालित रेल कम्पनीले दिएको जानकारीअनुसार आक्रमणमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् । रुसी फौजले रेल स्टेशनलाई लक्षित गरी दुई क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी रेल सेवाका प्रमुख ओलेक्सान्डर कामिशिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ […]