इरानमा रहेका आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि हवाई अभ्यासका लागि इजरायलले योजना बनाएको छ ।
अमेरिका र इरानबीचको आणविक वार्ता विफल भएमा के गर्ने भनी इजरायल र अमेरिकाका रक्षाप्रमुखहरूबीच भेटघाट हुने भएको छ ।
इजरायलको अभ्यास सन् २०२२ मा गरिनेछ र त्यसमा एफ–३५ स्टेल्थ बमवर्षक विमानहरू पनि संलग्न गरिनेछ । भूमध्यसागरमाथि ६०० माइल उडेर ती विमानहरूले इरानका आणविक भट्टीमा आक्रमणको अभ्यास गर्नेछन् ।
इजरायलका आवास तथा निर्माणमन्त्री जीव एल्किनले अभ्यासको लक्ष्य सबै किसिमको स्थितिका लागि तयार रह...