स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन (कोप२६) हिजोदेखि सुरु हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यहरूको ठोस निर्णय गर्ने महत्त्वपूर्ण थलोको रूपमा रहेको कोप२६ विश्वकै जलवायु नीति र कार्य योजना तर्जुमा तथा विगतमा गरिएका प्रतिबद्धता हरूको समीक्षा गर्ने महत्त्वपूर्ण अवसर पनि हो।